nepalkhabar.com

December 14, 2011

एसीए जापानका कर्मचारीले जापानी दूतावास गुहारे, सुगिमोतो भागेकै पुष्टि भएपछि समान भागबण्डाको तयारी

Filed under: HIGHLIGHTS

काठमाडौं । ुदाताुको आवरणमा विगत १८ वर्ष अनुदान रकममाथि ब्रह्लुट मच्चाउँदै आएका एक जापानी नागरिकले आफ्नो कर्तुत छरपष्ट हुने भएपछि जापान भागेको खुलासा भएको छ ।
नेपालमा सन १९९३ देखि विभिन्नखाले शैक्षिक गतिविधि गर्दै आएको एसीए जापान नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसीए जापानका अध्यक्ष सुगाहिको सुगिमोतोले गरेको आर्थिक बद्मासी बारे मिडीयाले सार्वजनिक गरे पछि उनी सम्भावित कारवाहीबाट उम्कन संस्थाका पदाधिकारी तथा कर्मचारीसमेतलाई झुक्याएर जापानतर्फ भागेका हुन् । लामो समयदेखि आफूहरुको मेलको चित्त बुझ्दो जवाफ नदिएपछि उनी अब नफर्कने गरी भागेको एसीए जापानका कर्मचारीमा समेत आशंका बढेको छ । जापान गएकेा तीन महिनासम्म पनि आशा लाग्दो जवाफी मेल नपाउँदा एसीए जापानका कर्मचारी दिक्क बनेका छन् । जापान जानेबेलामा तत्काल फर्कने बताएर तीन महिनाको पारिश्रमिक समेत नदिएरै त्यता गएका अध्यक्ष सुगिमोतोले आफूहरुलाई झुक्याएको भन्दै एसीए जापानका कर्मचारीले आफ्नो पारिश्रमिक दावी गर्दै जापानी दूतावासमा गुहार्न पुगेका छन् । दूतावास स्रोतले उपलब्ध गराएको पत्रबाटै सुगिमोतोले आफ्ना कर्मचारीमाथि समेत शोषण गरेको पुष्टि हुन्छ । एसीएका पाँच जना कर्मचारीले संयुक्तरुपमा दूतावासलाई आफूहरु पिडीत भएको र अध्यक्ष सुगिमोतोले झुक्याइरहेको लिखित पत्र उपलब्ध गराएको पाइएको छ । पत्रमा एसीए जापानका कर्मचारी होमबहादुर बस्नेत सुस्मीता स्याङतान दिनेश लामा र गोकुल भूजेलको हस्ताक्षर छ । दूतावास गुहार्ने भूजेल सुगिमोतोको आर्थिक बद्मासीमा सघाउने कर्मचारी मात्रै नभएर उसलाई सुरा र सुन्दरीको व्यवस्था गरिदिने सहयोगी समेत हुन् । (more…)

जग्गा किर्तेको अभियोगमा मालपोतबाटै ुदलालु पक्राउ, छोड्न प्रहरीमाथि चौतर्फी दबाब

Filed under: HIGHLIGHTS

काठमाडौं । अध्ययन तथा रोजगारीका सिलसिलामा क्यानडामा रहेकी स्वेच्छा नेपालीको नाममा रहेको ललितपुर बागडोलस्थित घरजग्गा किर्ते नागरिकता र लालपूर्जा बनाई किनबेच गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय ललितपुरबाटै ुदलालु मणीराम भण्डारीलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले भण्डारीलाई कार्यालय समय सकिइसकेपछि मालपोतका कर्मचारीलाई प्रभावमा पारेर कागजपत्र मिलाउन लागिरहेको बेला मालपोत कार्यालयबाटै पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसरका एसपी भोगबहादुर थापाका अनुसार मालपोत कार्यालयबाटै कागजात मिलाउन कर्मचारीलाई प्रभावमा पारेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी पठाइएको हो । पक्राउ परेका दलाल भण्डारीलाई छाड्न ललीतपुर प्रहरीमाथि चौतर्फी दबाब परेको बुझिएको छ । यद्यपि यो प्रकरण धेरै माथि पुगीसकेकाले अब किर्ते काण्डका नाइके छुट्ने सम्भावना छैन ।
जग्गाधनी लामो समयदेखि देशबाहिरै रहेको अवस्थामा जग्गाको कारोबार गर्ने भण्डारीलगायतको गिरोहले उक्त घरजग्गाको नक्कली कागजात बनाई किनबेच गरेको सन्दर्भमा किर्ते उजुरी मुद्दा प्रकि्रया अघि बढाउन लागिएका बेला काठमाडौं प्रहरी परिसरका केही प्रहरी अधिकारीलाई ुआर्थिक प्रभावुमा पारेर किर्तेका ुनाइकेु भण्डारीले उल्टै उजुरीवाललाई फसाउने चालवाजी रचिरहँदा आफैँ पक्राउ परेका हुन् । (more…)

काठमाडौंका डीएसपी आभूषण तिमिल्सीनाको बद्मासी

Filed under: HIGHLIGHTS

हाकिमलाई भ्रममा पार्दै अपराधीसँग साँठगाँठ, मान्छे थुन्दै रकम असुल्दै
काठमाडौं । प्रहरीले पिडीतको पक्षमा न्याय दिलाउँछ भन्ने तपाईंलाई कत्तिको विश्वास छ नि अहँ ! खोजतलासलाई त फिटिक्कै भएन ! शुक्रबार प्रहरीले आफ्नो शक्तिको दूरुपयोग गर्दै खोजतलासकर्मीलाई केही घन्टा हिराशतमा लिएका छन् । अरुमाथि परेको अन्यायका साथै ुअपराधीु मािथ कारवाही गराउन अघि बढेका खोजतलासकर्मी आफैँ प्रहरीको शिकार बन्नु परेको छ ।
क्यानडामा अध्ययनरत् स्वेच्छा नेपालीको नाममा रहेको ललितपुरको बागडोलस्थित घरजग्गा किर्ते नागरिकता र लालपूर्जा निकालेर बिक्री गरिदिएको खुलेपछि कारवाही प्रकि्रया अघि बढाउन खोज्दा खोजतलासकर्मी विदुर ढूंगाना प्रहरी ुकारवाहीुमा परेका हुन् । सक्कल लालपूर्जा र क्यानडाबाटै त्यहाँस्थित नेपाली दूतावासबाट प्रमाणीत गरी पठाइएको अख्तियारनामासहित जग्गा दलाली गर्ने झापा गौरादहका मणीराम भण्डारी विरुद्ध किर्ते उजुरी दर्ता प्रकि्रया अघि बढ्नै लाग्दा खोजतलासकर्मी विदुर ढंुगाना ुअपराधिकु गिरोहको षड्यन्त्रको शिकार बनेका हुन् । ढंुगानाको हुर्मत लिने उद्देश्यका साथ किर्ते गिरोह समेतको मिलोमतोमा काठमाडौं प्रहरी परिसरका डीएसपी आभूषण तिमिल्सीनाले यस्तो षड्यन्त्र रचेको बुझिएको छ । प्रहरी नियन्त्रणमा रहेका पिडीत ढुंगानाका अनुसार साचारकर्मी भएको थाहा पाएपछि त डीएसपी आभूषण झनै उग्र भएका थिए । सोधपुछका लागि भनेर डाकिएका ढुंगानासँग केही कुरै नगरी एकोहोरो आफूमात्रै उग्र र उद्दण्डशैलीमा प्रस्तुत हुँदै डीएसपी तिमिल्सीनाले खोजतलासकर्मीलाई थुन्ने आदेश दिएका थिए ।
स्रोतका अनुसार ढंुगानासँग भएको सक्कली लालपूर्जा र अख्तियारनामा नियन्त्रणमा लिने डिएसपी तिमिल्सीनासहितको ुअपराधीकु गिरोहको योजना शरिर तलासीका क्रममा ती कागजात फेला नपरेपछि असफल भएको थियो । शुक्रबार साँझ थुनेपछि आइतबारसम्म थुन्न सकिने र त्यतीाजेल खोजतलासकर्मी ढुंगानालाई जवरजस्ती सहमतीमा आउन बाध्य पार्न सकिने उनीहरुले योजना बनाएकेा जानकारीमा आएको छ । स्रोतका अनुसार ढुंगानालाई थुनाए वापत डीएसपी तिमिल्सीनाले मोटो रकम पाउने सहमती भएको थियो । यद्यपि त्यो राशी कती थियो खुल्न सकेको छैन ।
पिडीत सहकर्मी ढुंगानाका अनुसार आफूलाई नयाँ बानेश्वर वृतका डीएसपी विरबहादुर वलीले बोलाएर एसपीलाई भेट्न पठाएको तर डीएसपी तिमिल्सीनाको कार्यकक्षमा पुर् याइएपछि एकैशब्द पनि आफूलाई बोल्न नदिएर मनलागि मुख छाड्दै ुगालीगलौजु गरेका थिए । ढूंगानाले भने ुम डीएसपी कक्षमा पुग्दा आभूषण सर चारैतिरबाट तीनै ुअपराधीकु गिरोहबाट घेरीनु भएको थियो र उनीहरु एक अर्कालाई मामा-भान्जाको नाताले सम्वोधन गरिरहेका थिए ।ु ढुंगानाले अगाडि भने ुडीएसपी साुपले ममाथि प्रहार गरेका शब्दबाण यती अपि्रय थिए कि भन्नेलाई भन्दा सुन्नेलाई गाह्रो लाग्छ ।ु आफूले बारम्बार आफ्नो कुरा सुन्न आग्रह गर्दा समेत त्यो मौका नपाएको गुनासो सहकर्मी ढुंगानाकेा छ ।
खोजतलासले शुक्रबारै राती सहकर्मीलाई हिराशतमुक्त गर्न काठमाडौंका सिडीयो र महानगरीय प्रहरी प्रमुखसँग सम्पर्क गर्नु परेको थियो । हनुमानढोकामा गएर बुझ्दा सिडीयोको आदेशले भनिएपछि सिडीयो रत्नराज पाण्डेसँग सम्पर्क गर्दा उहाँले ुआफ्नो नाम बेचीएकोु बताउँदै आफूले त्यस्तो कुनै पनि आदेश नदिएको जानकारी खोजतलासलाई दिनु भएको थियो । उहाँले भन्नु भयो ुयस्तो त हुँदै भएन म एसपीसँग कुरा गर्छु जानकारी गराइदिनु भएकोमा धन्यवाद !ु सिडीयो पाण्डेले तत्काल काठमाडौं एसपी राजेन्द्रमान श्रेष्ठसँग कुरा गरेपछि खोजतलासलाई ुकलब्याकु गरी कुराकानी भइसकेको बारे जानकारी गराएपछि मात्रै डीएसपीले अनाहकमा दुःख दिने नियतका साथ खोजतलासकर्मी ढुंगानालाई थुनेको खुलासा भएको थियो । तत्पश्चात महानगरीय प्रहरी प्रमुख कुवेर िसंह रानाले समेत एसपी श्रेष्ठसँग सोही विषयमा सोधपूछ गरेपछि ढुंगाना आइतबार विहान सम्पर्कमा आउने गरी खोजतलास सम्पादकको जिम्मामा हिराशतमुक्त भएका थिए ।
ढुंगाना हिराशतमुक्त भएको खबर पुतलीसडकस्थित ुनो नेमु रेष्टुरेन्टमा बसेर ुदारु पिइरहेका बेला डीएसपी आभूषणलगायतको ुअपराधीकु गिरोहले पत्तो पाएको थियो । (more…)

November 23, 2011

बढुवा पाउन भगौडाको चलखेल

Filed under: HIGHLIGHTS

काठमाडौं । द्वन्द्वका बेला जागिर छाडेर ुडलर खेतीु गर्न विभिन्न मुलुक पुगेका नेपाल प्रहरीका भगौडा सईहरु अहिले इन्स्पेक्टरमा बढुवा पाउनका लागि विभिन्न शक्ति केन्द्र धाउँदै ुआर्थिक चलखेलु गर्न थालेका छन् ।
२०४९ ५० ५१ मा असई पदमा प्रहरी संगठन छिरेकाहरु तत्कालिन बिद्रोही माओवादीसँग लड्न सेनाको नेतृत्वमा रहेको युनिफाइड कमान्डमा सरुवा गरिएपछि जागिर त्याग्दै इराक अफगानिस्तान मकाउलगायत देशमा ४-५ वर्ष बिताएर डलर खेती गरेर फर्केका ३५ भगौडा असईले पुनः आफ्नो जागिर जोडाउन सफल भएका थिए । लोकतन्त्रको बहालीलगत्तै गठित सरकारका गृहमन्त्री कृष्ण सिटौलालाई आर्थिक प्रभावमा पारेर पुनर्वहाली गराउन सफल त्यतिबेलाका ३५ असईहरु यतिबेला इन्स्पेक्टर हुन चलखेल थालेका हुन् । यसरी चलखेल गर्नेमा गृहसचिवका पिएसओ उदय सिजापति गृहमन्त्रीका आसेपासे ओमराज चौधरी आमोद खेरवार हरि प्रसाईंलगायत रहेका छन् । राज्यलाई अप्ठ्यारो परेका बेला भागेर डलर खेती गर्ने अहिले कसै्रलाई प्रभावमा पारेर अप्ठ्यारो अवस्थामा साहसका साथ लड्नेहरुलाई पछि पार्ने गरी हुन थालेका चलखेलप्रति प्रतिस्पर्धीहरु रुष्ट बन्न पुगेका छन् ।
आफूहरुको मनोबल नगिराइयोस् र अप्ठ्यारो अवस्थामा आफूहरुबाट भएको साहसिक कार्यको कदर गरियोस् भन्दै पछिल्ला प्रतिस्पर्धीले प्रहरी नेतृत्वलाई आफूहरुको मूल्यांकन गर्न गुहारेका छन् ।

सबैको चित्त बुझाउन सक्दिन सरुवाप्रति म सन्तुष्ट छु ः आईजीपी शाह

Filed under: HIGHLIGHTS

इतिहासका सबै गृहमन्त्रीका काम कारबाहीलाई बिसा्रउने गरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारले गृह प्रशासनभित्र गरेको हस्तक्षेपको सर्वत्र आलोचना र तिब्र असन्तुष्टि प्रकट भइरहेको बेला उनका विवादास्पद कि्रयाकलापको ढाकछोप गर्न स्वयम् प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह नै गच्छदारको रक्षाकबच बन्नुभएको छ ।
अघिल्ला महानिरीक्षकमाथि भ्रष्टाचार मुद्दा लागेकै कारण प्रहरी नेतृत्व सम्हाल्ने मौका पाएका आईजीपी रविन्द्र प्रताप शाहले कुसर्ी आयु लम्ब्याउनकै लागि होला आर्थिक अनियमितताको चर्को आरोप खेपिरहेका गृहमन्त्री गच्छदारको बचाउ गरिरहनु भएको छ ।
डीआईजी बढुवामा चर्को लेनदेनकै कारण बरिष्ठताक्रम मिचेर कनिष्टलाई बढुवा दिएको इन्स्पेक्टर सरुवामा हस्तक्षेप गर्दै ठूलो आर्थिक अनियमितता गरेको जस्ता आरोप खेपिरहेका गृहमन्त्री विजयकुमार गच्छदारको ुआर्थिक अपराधुलाई शिरोधार्य गर्दै आफू आफ्नो कार्यशैलीप्रति सन्तुष्ट रहेको आईजी शाहले दाबी गर्नुभएको छ । खोजतलाससँग गएराती भएको लामो अनौपचारिक एसएमएस वार्तालाई यहाँ अनौपचारिकरुपमै प्रस्तुत गरिएको छ । एसएमएस वार्ताका क्रममा आईजी शाहले ुन्युजमा आएका कुरा सबै सही नै आउँछन् भन्ने लाग्दैनु भन्ने प्रतिकि्रया लेख्नु भएको छ । (more…)

बिदेशी अनुदानको यसरी पनि गरियो दूरुपयोग, शिक्षक तालिमलाई आएको अनुदानले ह्विस्की र वाईनको छेलोखेलो

Filed under: HIGHLIGHTS

काठमाडौं । विदेशी अनुदानका भरमा देशको वार्षिक वजेट बनाउने हाम्रो मुलुकमा ुअनुदानुको सदूपयोग भएको होला या दूरुपयोग सबैले पत्तो पाएको विषय हो । विदेशबाट विभिन्न शिर्षकमा आएको अनुदानको सदूपयोग मात्रै भैदिएको भए आजका दिनमा नेपालको आर्थिक हैसियत कहाँ पुग्थ्यो होला देशका मन्त्री प्रशासकमात्र नभएर नेता कर्मचारी समेत ुअनुचित लाभुको पछि लाग्दा विभिन्नखाले विकाशका लागि प्राप्त अनुदानको दूरुपयोग हुने क्रम बढिरहेको छ । जुनसुकै शिर्षकमा आएको अनुदान पहिला केन्द्रदेखि नै भागबण्डा गरिँदा तोकिएर आएको स्थानमा पुग्दा आधा पनि नपुग्ने र त्यहाँ पनि भागबण्डा हुँदा जोजसको उन्नती प्रगतिका लागि आएको अनुदान राशी हो त्यो माछालाई ुआहाराुजस्तो मात्र बन्न पुगेको छ ।
सरकारी तवरबाट प्राप्त अनुदानको मात्रै नभएर व्यक्तिगतरुपमा आउने अनुदान रकममाथि पनि व्यापक दूरुपयोग हुने गरेको छ । विभिन्न आईएनजीओले विभिन्न शिर्षकमा दाता खोजेर ल्याउने गरेको रकम केही प्रतिशत देखावटीका लागि मात्र खर्च गरेर बाँकी रकम आफूहरुले नै भोजन गर्ने गरेको पाइएको छ । यति सम्मकी सामुदायिक शिक्षकलाई प्रशिक्षण दिन भनेर आएको लाखौंलाख रकम समेत केही शिक्षकलाई प्रशिक्षण दिएको नाममा स्वाहा पारिएको प्रमाण खोजतलासले फेला पारेको छ । (more…)

सुगिमोतोका आर्थिक बद्मासीबारे जापानबाटै खोजी सुरु

Filed under: HIGHLIGHTS

एसीए जापान र त्यसका अध्यक्ष सुगाहिको सुगिमोतोबाट हुँदै आएका आर्थिक बद्मासी बारे खबर सार्वजनिक गर्दै आएको खोजतलाससँग जापानस्थित ुमेनेजमेन्ट अर्गनाइजेशन फर पोस्टल सेभिङ एण्ड पोस्टल लाइफ इन्सुरेन्सु एमओपीएसले पनि पत्राचार गरेको छ । खोजतलासलाई एमओपीए अन्तर्गत ुजापान सेभीङ फन्ड फर इन्टरनेशनल भोलुन्टेरी एड पोस्टल सेभिङ डिपार्टमेन्टुं का इन्चार्ज सचिको सेरीजावाले पत्र लेख्दै धूर्त सुगिमोतोका कि्रयाकलापका सन्दर्भमा थप जानकारी माग गरेका छन् । उनले सूचना तथा जानकारीका लागि धन्यवाद दिँदै खोजतलासका आधिकारीक पदाधिकारी बारे सम्पर्क परिचय समेत माग गर्दै आफूले यसअघि प्राप्त गरेको जानकारी जापानको कानगवास्थित सरकारी निकायलाई उपलब्ध गराएर कारवाही प्रकि्रया अघि बढाउन लगाउने समेत जानकारी दिएका छन् ।

October 16, 2011

भूमिसुधारमन्त्री साहको राजीनामा

Filed under: HIGHLIGHTS

काठमाडौं । हिन्दु युवासंघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेका भूमिसुधारमन्त्री प्रभु साहले पदबाट राजीनामा दिनु भएको छ । साहले आफ्नो पार्टी माओवादीको निर्णय अनुसार आइतबार अपराहृन प्रधानमनत्री डा. बाबुराम भट्टराई समक्ष राजीनामा दिनु भएको हो । प्रधानमन्त्री डा. भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा साहलाई फिर्ता बोलाउने सहमति भएको थियो ।
यस्तै, मधेसका २२ जिल्लाका जनताले नेपालबाट अलग हुने निर्णय गरे मुलुकको कुन ऐन र कानुनले रोक्न सक्छ भन्ने विवादास्पद अभिक्तव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पदबाट हटाउने विषयमा निर्णय लिन सम्बन्धित पार्टी र मधेसी मोर्चालाई जिम्मा दिने निर्णयसमेत भएको छ । माओवादीले भण्डारीलाई टाउन आग्रह गरेपछि मधेसी मोर्चाले साहलाई पनि हटाउनु पर्ने सर्त अघि सारेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले साहलाई आजै मन्त्रीपदबाट भण्डारीलाई राजीनामा गर्न लगाएर अबरुद्ध संसद् सुचारु गर्न कांग्रेस एमालेलाई आग्रह गर्न लाग्नुभएको छ । विपक्षी कांग्रेस र एमालेले यसअघि विवादित मन्त्रीद्वय साह र भण्डारीलाई नहटाएसम्म संसद् अबरुद्ध गरिरहने चेतावनी दिएका थिए । माओवादी स्थायी समिति बैठकले केही दिनअघि साहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा हत्या आरोप लगाइएको ठहर गर्दै आरोप लाग्दैमा राजीनामा दिनुनपर्ने निर्णय गरेको थियो ।

उद्दारमा खटिने आर्मीका हेलिकप्टर ठेगेदारको भरिया बन्दै, सैनिक हेडक्वाटरभित्र प्रसेका ज्वाइँको जगजगी

Filed under: HIGHLIGHTS

काठमाडौं । आपतकालिन तथा दैविक आपत्तिका बेला उद्दारमा खटाइनु पर्ने नेपाली सेनाका हेलिकप्टर एमआई १७ यतीबेला राशन ठेगेदारको भरिया बन्दै ठाउँठाउँमा उडान भरिरहेको खबर छ । विग्रेको र दुर्घटनामा परेका गरी छवटा हेलिकप्टर मध्ये चार वटा विमानस्थलस्थित ११ नम्बर बाहिनीको जहाज हेङगरमा थन्कीएका छन् भने दुई वटा हेलिकप्टर उद्दार तथा विभागिय कामकारवाहीमा उड्नु पर्नेमा ठगेदारका भारी बोकेर मध्यपश्चिमका विभिन्न जिल्लामा उडान गरीरहेको पाइएको छ । यद्यपि यसलाई नेपाली सेनाका उच्च अधिकारीले भने जवरजस्त लुकाउनु खोजीरहेको बताइन्छ ।
खोजतलासलाई प्राप्त खबरअनुसार मध्यपश्चिमको सुर्खेतलाई वेसक्याम्प जस्तै बनाएर आर्मीका हेलिकप्टर मध्यपश्चिमका विभिन्न विकट पहाडी जिल्लामा ठेगेदारका खाद्यान्नको भरिया बनिरहेका छन् । फिस्टेल एयर र ठेगेदार प्रदिप गौचनले तोकिएको अवधिसम्म पनि खाद्यान्न आपूर्ति गर्न नसकिरहेको र उनीहरुले जरिवाना तिर्नु पर्ने अवस्थामा आर्मीका हेलिकप्टरले ठेगेदारको स्वार्थ पूरा गरिदिएको सैनिक स्रोतले जानकारी दिएको छ । प्रधानसेनापति छत्रमान गुरुङका बहिनीज्वाइँ उपरथी दमन घलेले ठेगेदारको स्वार्थअनुकुल हेलिकप्टर उडाउन दबाब दिएको जानकारी खोजतलासले पाएको छ । अनुशासीत एवम् मर्यादित सैनिक संगठनको गहना भनेकै चेन अफ कमाण्ड हो । तर प्रधानसेनापतिको नाता सम्वन्ध भएकै कारण उपरथी घलेले हेडक्वाटरभित्र आफूलाई हर्ताकर्ता ठान्ने गरेको बताइन्छ । (more…)

डीआईजी लोग्ने पाउन सुजातासँग हारगुहार

Filed under: HIGHLIGHTS

काठमाडौं । अर्काको घरबार बिगारेरै भए पनि त्यो व्यक्तिलाई आफ्नो लोग्ने बनाउन कसैले खोज्छ भने त्यसलाई हाम्रो समाजले कसरी हेर्छ ? सशस्त्र प्रहरी बलको मुख्य कार्यालयमा कार्यरत एक डीआईजीलाई लोग्ने बनाउन मेनपावर व्यवसायी अम्वीका शर्माले भरमग्दूर प्रयास गरीरहेकी छिन् । घरमा ठासठूस भइरहेको अवस्थाको फायदा उठाउँदै आशा इन्टरनेशनलकी साचालिका अम्वीका शर्माले ती डीआईजीमाथि आँखा गाडेकी हुन् । यद्यपि, डीआईजीले भने अम्बीका र आफूबीच असल साथीको मात्र सम्वन्ध रहेको बताएका छन् । आफू विवाहीत रहेको र एक छोराको समेत बाबु भइसकेकाले कसैसँग विवाह हुनै नसक्ने दावी डीआईजीले गरीरहे पनि अम्बीकाले भने ती डीआईजीलाई ठाउँ कुठाउँ आफ्नो भावी हस्वेण्ड भन्ने गरेकी छिन् । अम्बिका निकट स्रोतका अनुसार उनले आफूहरुबीच अघोषित वैवाहिक सम्वन्ध भइसकेको तर औपचारिक घोषणा हुन बाँकी रहेकाले छिट्टै औपचारिक रुपमै आफूहरु पतिपत्नी हुन लागेको समेत बताउन थालेकी छिन् । त्यतीमात्रै नभएर आफूलाई भावी लोग्नेले मेनपावर व्यवसाय नगर्न सल्लाह दिएको भन्दै उनले आशा इन्टरनेशनलका लागि साझेदार समेत खोज्न थालेकी छिन् । एकछोरीकी आमा समेत रहेकी अम्बिका शर्मा आफूलाई उपल्लो स्तरकै काँग्रेस नेतृ भन्न रुचाउँछिन् । (more…)

September 19, 2011

सशस्त्र समूह र प्रहरीबीच भिडन्त, प्रहरी हवल्दारको मृत्यु

Filed under: HIGHLIGHTS

बारा / सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका कार्यकर्ताले सोमबार बिहान बारामा प्रहरी हवल्दारको गोली हानी हत्या गरेको छ प्रहरीसँगको भिडन्तमा भूमिगत समूहका एक कार्यकर्ताको मृत्यु भएको छ। गस्तीमा हिँडेको प्रहरी टोलीमाथि बिहान ९ बजेतिर ३ जनाको समूहले बड्कीफुवारीया-८ नजिक आक्रमण गर्दा सनफुलवा प्रहरी चौकीमा कार्यरत २८ वर्षीय रहेश राउतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनुराग दिवेद्धीले बताए। गोली प्रहारपछि भएको दोहोरो भिडन्तमा भूमिगत समूहका कबहीगोठ ९ का ४० वर्षीय अजय भनिन जयमंगलप्रसाद यादव मारिएको प्रहरीले बतायो। उनी बारा जिल्ला संयोजक हुन्। गोइत समूहमा रहेका यादव एक वर्ष अगाडि अभयसिंहले नेतृत्व गरेको यस समूहमा आएका हुन्। प्रहरीले घटनामा संलगन्न रहेका सोही समूहका मिश्रीलाल यादवलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र समूहका कार्यकर्ता यादवको घटनास्थलमै मृत्यू भएको हो भने टाउकोमा गोली लागी गम्भीर घाइते भएका प्रहरी हवल्दार राउतको राजाधानीस्थित वीरेन्द्र प्रहरी अस्पतालमा १२ : ३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। वीरगन्जस्थित नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई तत्कालै राजधानी पुर्‍याएको थियो। राउत महोत्तरी पर्सा पसैली-५ निवासी हुन्। (more…)

September 18, 2011

सेना समायोजन विशेष समितिको बैठक बस्दै

Filed under: HIGHLIGHTS

काठमाडौँ / सेना समायोजन विशेष समितिको बैठक दिउँसो ३ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री बाबुराम भट्टराईले आफू न्युयोर्क प्रस्थान गर्नुअघि नै शान्ति प्रक्रियामा केही प्रगति गर्ने बताउँदै आएका थिए। भट्टराई साँझ ६ बजे मन्त्रिपरिषद्को बैठकमा सहभागी भई राति साढे नौ बजे त्रिभुवन विमानस्थलबाट न्युयोर्कका लागि प्रस्थान गर्नेछन् । कांग्रेस-एमालेले ‘शान्ति प्रक्रिया टुंगोमा नपुगी संविधानको काममात्र अघि बढाउन नहुने’ निष्कर्ष निकालेपछि संविधान निर्माणमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको बैठक बस्न सकिरहेको छैन ।
माओवादी लडाकुको मापदण्ड, संख्या, दर्जामिलान, पुनर्स्थापना प्याकेज लगायत विषयमा विशेष समितिले टुंगो लगाउन बाँकी छ । यो विषयमा टुंगो लागिसकेपछि मात्र राज्य पुनर्संरचनाका लागि विशेषज्ञ समिति गठन गर्न कांग्रेसले सहमति जनाउने बताउँदै आएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले आफू न्युयोर्क प्रस्थान गर्नुअघि नै शान्ति प्रक्रियामा केही प्रगति गर्ने बताउँदै आएका थिए। भट्टराई साँझ ६ बजे मन्त्रिपरिषद्को बैठकमा सहभागी भई राति साढे नौ बजे त्रिभुवन विमानस्थलबाट न्युयोर्कका लागि प्रस्थान गर्नेछन् ।

चौधरी महिला मन्त्री

Filed under: HIGHLIGHTS

काठमाडौं / प्रधानमन्त्री बाबुराम भट्टराईले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा दानबहादुर कुर्मी चौधरी नियुक्त गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले सिफारिस गरेका चौधरीको आइतबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ भएको छ । कपिलवस्तु क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित चौधरी माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री थिए ।
आन्तरिक विवादका कारण यसअघि तमलोपा नेपालले एक मन्त्री सिफारिस गर्न सकेको थिएन । उसको भागमा परेका दुई मध्ये तमलोपा अध्यक्ष महेन्द्र यादवले यसअघि नै सिँचाइ मन्त्री भइसकेका छन् ।
राज्यमन्त्रीको शपथ तेस्रोपटक रोकियो
यसैबीच, आइतबार हुने भनिएको राज्यमन्त्रीको शपथ तेस्रोपटक पनि रोकिएको छ । प्रधानमन्त्री भट्टराईको आग्रहमा शपथ रोकिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतक रामजनम चौधरीले जानकारी दिए । न्यूयोर्कबाट फर्किएपछि माओवादीसहित सवै दलका राज्यमन्त्रीको शपथ गराउने प्रधानमन्त्री भट्टराईले बताएपछि शपथ रोकिएको चौधरीले जानकारी दिए । उनका अनुसार मधेसी मोर्चाका सवै दलले राज्यमन्त्री सिफारिस गरेर शपथका लागि प्रधानमन्त्रीलाई नाम बुझाएका छन् । ‘हाम्रो पार्टीको कुरा पनि म फर्किएपछि मिल्छ, त्यतिन्जेल शपथ रोकौं भन्ने प्रधानमन्त्रीको भनाइ रहृयो,’ चौधरीले भने, ‘प्रधानमन्त्री फर्किएपछि राज्यमन्त्रीको पनि शपथ हुन्छ ।’ राष्ट्रसंघ महासभागमा भाग लिन प्रधानमन्त्री ९ दिनका लागि आइतबार राति न्यूयोर्क जाँदैछन् । यसअघि राज्यमन्त्रीका लागि दुई पटक शपथ समय तोकिएको थियो ।

म्याग्दीमा यात्रुबाहक बस दुर्घटना, सात जनाको मृत्यु

Filed under: HIGHLIGHTS

म्याग्दी / म्याग्दी सदरमुकाम बेनीबाट दर्बाङका लागि छुटेको ग १ ख १७४९ नम्बरको बस आइतबार दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । दिउँसो पौने एक बजे बबियाचौर गाविस वडा नम्बर ८ मा बस सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण साँघुरो बाटो भएकाले बस चिप्लिएको सकुशल रहेका चालकले प्रहरीलाई बताएका छन् । मृत्यु हुने सातै जनाको सनाखत भएको छैन । अन्य घाइतेको प्रहरीले उद्धार गरिरहेको छ । बसमा १७ यात्रु थिए । -(घनश्याम खड्का)

माओवादीको चाल देखावटी मात्र नहोस्

Filed under: HIGHLIGHTS

श्रीराम पौडेल
प्रधानमन्त्री डा। बाबुराम भट्टराइले अमेरिका भ्रमण गर्नु अघि एकीकृत नेकपा माओवादीले सबैलाई आश्चर्यमा पार्दै शान्ति प्रकि्रयामा ब्रेक थ्रु गर्ने काममा लागेको आभास दिएको छ । तर उसको ट्याक रेकर्ड हेर्दा भनाई र गराई भरोसायोग्य नभएकोमा अन्य सरोकारवाला सशंकित छन् ।
प्रधानमन्त्री भएको एक महिना नबित्तै डा। भट्टराईले संक्रमणकालिन नेपाली समाजका विभिन्न क्षेत्रमा आइस ब्रेक गर्ने प्रयत्न गर्नुभएको छ । मुस्ताङ म्याक्स चढेर ज्यादा चर्चा हासिल गरेका प्रधानमन्त्री डा। भट्टराईले अन्य प्रधानमन्त्रीको भन्दा छुट्टै प्रभाव सृजना गर्न सफल हुनुभएको छ र उहाँकै अगुवाइमा माओवादी लडाकुका हतियार राखेका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएर माओवादीले शान्ति प्रकि्रयामा आफू इमान्दार रहेको देखाउने प्रयत्न गरेको छ । यदि माओवादी शान्ति प्रकि्रया प्रति अहिले इमान्दार भएको हो भने यो स्वागतयोग्य कदम हो । यद्यपि यो कदमलाई अन्य प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले शंकाकै रुपमा हेर्दै आफ्नै नेतृत्वको विशेष समितिलाई साँचो बुझाएर कुनै तारिफयोग्य काम नभएको व्याख्या गरिरहेका छन् । यी दलहरुको भनाइ पनि अस्वीकार गर्न योग्य छैन । किनभने शान्ति प्रकि्रया लम्बिनुमा यसअघि माओवादी नै दोषि देखिएको छ र उसको मनोविज्ञान हतियार एवं लडाकुबाट अलग्गिने देखिदैन । (more…)

गृहमन्त्री र आईजीपीको मिलोमत्तोमा सचिवको सरुवा

Filed under: HIGHLIGHTS

भतिजलाई पर्सा लगेर तस्करी खोल्ने योजना
काठमाडौं । प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले उक्साएकै भरमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गृहसचिव लीलामणि पोखरेललाई सरुवा गरेको खुलासा भएको छ ।
विगतमा सचिव पौडेल र आईजीपी शाहको त्यति राम्रो सम्बन्ध नभएको र सचिवले आईजीपीको अधिकारमाथि अंकुश लगाएकै कारण उनलाई हटाउन आईजीपी शाहले विशेष षड्यन्त्र गरेको बताइएको छ । स्रोतका अनुसार आईजीपी शाहले गृहमन्त्री गच्छदारलाई उनका सबै सर्त मान्ने गरी आफूले नै रोजेको सचिव ल्याउन सफल भएका छन् । आईजीपी शाहसँग राम्रो सम्बन्ध भएका सचिव सुशीलजंग राणालाई प्रधानमन्त्री कार्यालयबाट गृहमा सारिएको छ भने गृहका पौडेललाई प्रधानमन्त्री कार्यालयमा लखेटिएको छ ।
प्रहरी हेडक्वाटरभित्रका विभिन्न खरिद प्रकरणदेखि लिएर सरुवाबढुवा जस्ता आन्तरिक कार्यमासमेत सचिवको रोल महत्वपूर्ण हुने भएकाले आईजीपी शाहले सचिव पौडेललाई हटाउन मन्त्री गच्छदारसँग प्रस्ताव राखेको र उनले पनि उक्त प्रस्तावलाई सहर्ष स्वीकारेको आईजीपी निकट स्रोतले नेपाल खबरलाई बतायो । आईजीपी रविन्द्रप्रताप शाहले विवादास्पद छविका सप्लायस्र दिपक भट्टलाईसमेत अन्नपूर्ण होटलमा भेटवार्ता गरेर हेडक्वार्टरभित्रको खरिद प्रकरणको जिम्मेवारी दिने करिब-करिब बचनै दिएका छन् । (more…)

पाँच पत्रकारको अमेरिका छिर्ने सपना चकनाचुर, नेपालमा भिसा नदिँदा अमेरिकामा हल्लिखल्लि

Filed under: HIGHLIGHTS

काठमाडौं । अमेरिकास्थित नेपाली संस्थालाई नेपालस्थित अमेरिकी दूतावासले नपत्याउँदा पाँच पत्रकारको अमेरिका छिर्ने सपना चकनाचुर भएको छ । अमेरिकास्थित नेपाली संस्था ुनेप्लीज एशोसियसन इन साउथ इस्ट अमेरिकाु बाट निम्तो मगाई भिषाका लागि आवेदन दिएका पत्रकारलाई दूतावासले ुसरीु भन्दै स्लिप थमाइदिएको छ ।
नेपालखबरलाई प्राप्त जानकारीअनुसार दक्षिणपुर्वी अमेरिका निवासी नेपालीहरुको संगठन एनएएसइएलाई निम्तो पत्र लेख्न लगाएर उनीहरु अमेरिका जाने योजनामा थिए । सो संगठनका अध्यक्ष राजा गुरुङले नेपाली पांचभाई पत्रकारको अनुरोध स्वीकार्दै स्पोन्सर लेटर उपलब्ध गराइदिए पनि उक्त संस्थाको हैसियतमाथि आशंका गर्दै दूतावासले भिसा दिन अस्वीकार गरेको हो । भिसा पाएको भए अमेरिका उड्न ठीक्क परेका पत्रकारहरुमा रोधी प्रकाशन संस्थाका कमलबहादुर गुरुङ कान्तिपुर दैनिकका पत्रकार सरोजराज अधिकारी नेपाल टेलिभिजनका समाचारदाता गजुरधन राई अन्नपूर्ण पोष्टका पत्रकार विष्णुप्रसाद सुवेदी र सगरमाथा टीभीका घनश्याम गुरुङ रहेका थिए । (more…)

जनता भुलाउने राहत कार्यक्रम

Filed under: HIGHLIGHTS

शान्ति सुरक्षा कायम गरी महंगी र कालोबजारी नियन्त्रण गरी जनतालाई राहत दिनु सरकारका नियमित काम हुन् । तर प्रधानमन्त्री डा। बाबुराम भट्टराईले चालु आर्थिक बर्षको बजेट पारित नभइसकेको अबस्थामा नगरी लोकपि्रय बन्ने नाममा यस्तै नियमित कामलाई राहत भनी जनताको आँखामा छारो हालेका छन् । राहत कार्यक्रम दशैंमा नयाँ नोट साट्नदेखि प्रतिकिलो दुई रुपैंया सस्तो चामल १० रुपैंया सस्तो मासु दिनेजस्तो सस्तो प्रचारबाजी गरेका छन् । त्यस्ता कामका लागि चाहिने खर्चको ब्यबस्था कसरी गर्ने भन्नेबारे चाँही उनको राहत कार्यक्रम मौन छ ।
सरकारले साँच्चै जनतालाई राहत दिने हो भने शान्ति सुरक्षा कायम गरी कृतिम मुल्यबृद्धि नियन्त्रण गर्नुपर्छ । यसका लागि कुनै नाम दिएको कार्यक्रम घोषणा गर्नै पर्दै्रन । प्रधानमन्त्री भट्टराईले राहतका नाममा पैसा छर्ने योजना सुनाएका छन् जसको कार्यान्वयन हुनेमा आशंका छ । (more…)

सुशासनका पक्षमा प्रधानमन्त्री

Filed under: HIGHLIGHTS

प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार देशवासीका नाममा संसदमार्फत गरेको घोषणामा संवैधानिक नियुक्तिलाई खुला प्रतिस्पर्धाको अवसर बनाउने जनाएका छन् । यो घोषणा सामयिक तार्किक र सुशासन पक्षधर छ । यसले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारीमात्र दिनेछैन देशको दैनिकीलाई सहज र सुचारु बनाउन समेत महत्वपूर्ण भूमिका खेल्नेछ । अनि कानुनी राज र सुशासनलाई व्यवहारीकृत गर्नसमेत यस निर्णयले सघाउने देखिन्छ । यस अर्थमा प्रधानमन्त्री बाबुराम भट्टराई धन्यवादका लायक हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकसेवा आयोगलगायत थुप्रै संवैधानिक निकाय लामो समयदेखि पदाधिकारीविहीन छन् । कर्मचारीका भरमा तिनले चाहिनेजति गति र मात्रामा कार्यसम्पादन गर्न सकिरहेका छैनन् । प्रमुख नभएकै कारण कतिपय काम त्यसै थन्किएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने परिषदमा सत्तासीन र प्रतिपक्षीको समेत भूमिका रहने र संवैधानिक निकायका पदहरु राजनीतिक दलबीच भागबन्डाको विषय बन्ने विगतलाई चिर्न यसले भरथेग गर्न सक्छ । तर प्रधानमन्त्री भट्टराईले संवैधानिक निकायको पदपूर्तिको कार्यविधिलाई चुस्त दुरुस्त र राजनीतिक दबाबमुक्त राख्न कस्तो संयन्त्र बनाउँछन् यो निर्णयको कार्यान्वयन र परिणाम त्यसैमा निर्भर रहनेछ । (more…)

बाबुरामले बोली फेरॆ, रडाको छल्न कांग्रेसको सत्तोसराप

Filed under: HIGHLIGHTS

काठमाडौं । बाबुराम भट्टराई प्रधानमन्त्री भए के के न हुन्छ भन्ने ठूलो भरोसा र आकांक्षा बाकेका कार्यकर्ता र सर्वसाधारणलाई लोप्पा खुवाउँदै अन्ततः एकीकृत माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारोहणको २२ दिनमै बोली फेरेका छन् । जुन जोगी आए पनि कानै चिरेका भन्ने उक्तिलाई चरितार्थ गर्दै बाबुरामले आफूलाई सत्ताभोगीमै सीमित गर्ने संकेतका रुपमा शपथ ग्रहणकै दिनको बोलीलाई उल्टाबाजी खेलाएका छन् ।
शुक्रबार दिउँसो संसदमा प्रधानमन्त्री बनेपछिको पहिलो सम्बोधनमा उनले आफ्नो पुरानो बोली खोलामा फाल्दै सरकारले ुतीन महिनामा चमत्कार गर्नेु आश्वासनको नयाँ अध्याय थालेका हुन् । प्रधानमन्त्री नियुक्त हुनासाथ बाबुरामले ४५ दिनमै शान्ति र संविधानमा प्रगति देखाउने नसके ४६ औँ दिन कुसर्ीबाट ओर्लेर जनतामा जाने घोषणा गरेका थिए । बाबुरामको यो रामवाणलाई धेरैले अर्थपूर्ण रुपमा लिएका थिए । धेरै सन्दर्भमा बोलेको पूरा गर्ने बौद्धिक तार्किक र सदाचारी नेताको पगरी गुथेर कुसर्ीको भार थामेका उनले अन्ततः २० दिन पनि आफ्नो बोली ठाउँमा राख्न सकेनन् । ४५ दिनमा केही पनि नहुने त्यसपछि पनि आफ्नै पार्टीका ुसतुरुहरुले काम गर्न नदिने राम्ररी बुझेका उनले ४५ दिनलाई ३ महिनामा सार्नु अरुका सन्दर्भमा स्वाभाविक भए पनि स्वयं घोषित ुएकलव्यु का लागि आत्मघातसरह हो । किनभने बाबुराम सत्ताका लागि मरिमेट्दैन भन्नेहरुले बहुमतीय प्रधानमन्त्री बन्दिनँ भन्ने बोली लत्याएर त्यही मोडलमा कुसर्ी चढ्दा नै जिब्रो काटिसकेका हुन् । काम गर्न नसके ४५ दिनमै राजीनामा दिने पटकपटक दोहोर् याउँदै आएका बाबुरामले शुक्रबारको सम्बोधनमा त ४५ दिन थपेर तीन महिनाको उच्चारण गर्नुले उनको जिब्रो पनि अब माओवादी अध्यक्ष प्रचण्डको भन्दा फरक र भरलाग्दो रहेनछ भन्ने पुष्टि गरेको छ । (more…)

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main